s

कुवेतको प्रहरी हिरासतमा नेपाली महिलाको मृत्यु

होम कार्की

कुवेतको साल्मिया प्रहरी स्टेसनको थुनामा रहेकी तनहुँकी ३७ वर्षीया श्रीमाया नेपालीको मृत्यु भएको छ ।

घरेलु कामदारको लागि सन् २०१३ मा कुवेत पुगेकी नेपालीको सोमबार मृत्यु भएको हो । प्रहरीले पक्राउ गरी डिपोर्टटेसन सेन्टरमा पठाउने प्रक्रियामा रहेको बेला श्रीमायाको मृत्यु हुन पुगेको हो । उनी एक वर्षपछि स्पोन्सरको घर छाडेर गैरकानुनी हैसियतमा काम गर्दै आएकी थिइन् ।  कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालका अनुसार प्रहरीबाट घटनाको छानबिन भइरहेको छ ।

कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालका अनुसार प्रहरीबाट घटनाको छानबिन भइरहेको छ ।

‘शवलाई हजिजको अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइने व्यवस्था गरिँदैछ’, राजदुत हमालले भने, ‘श्रीमायाको परिवारसँग पनि सम्पर्क हुन सकेको छैन । हामी परिवारसँग सम्र्पक गर्ने प्रयासमा लागिरहेका छौं ।’

Published on: 2 February 2017 | Kantipur

Back to list

;