s

कुवेतको डिपोर्टेसन सेन्टरमा रहेकी देवीमायाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — कुवेतबाट स्वदेश फर्कनका लागि डिपोर्टेसन सेन्टरमा गएकी ताप्लेजुङ, साँघुकी ४४ वर्षीया देवीमाया लिम्बूको मृत्यु भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार स्थानीय फरबानिया अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको हो । ‘उहाँ पहिलादेखि नै बिरामी हुनुहुँदोरहेछ । डिपोर्टेसन सेन्टरभित्र रहँदा बिरामी देखिएपछि अस्पताल भर्ना गरिएको थियो,’ नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले कान्तिपुरसँग भने, ‘उपचार क्रममा मार्च ७ तारिखमा उहाँको मृत्यु हुन पुग्यो ।’ लिम्बू गत जनवरी ३१ मा दूतावासबाट ट्राभल डकुमेन्ट बनाई डिपोर्टेसन सेन्टरमा गएकी थिइन् ।

अढाई वर्षअघि घरेलु कामदारका लागि कुवेत पुगेकी उनी पछिल्लो समय गैरकानुनी हैसियतमा बस्न बाध्य थिइन् । कुवेत पुगेपछि उनका श्रीमान्को मृत्यु भएको थियो । उनका दुई छोरा र एक छोरी रहेको भाइ देव लिम्बूले बताए ।

Published on: 19 March 2021 | Kantipur

Link

Back to list

;