s
होम कार्की, सुरज कुँवर
काठमाडौँ — कुवेतबाट ७ जना बालबालिकासहित १ सय ४९ जना नेपाली महिला कामदार शुक्रबार बिहान नेपाल आइपुगेका छन् । कुवेत सरकारले जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको उडानमार्फत उनीहरुलाई नेपाल पठाएको हो ।
उक्त जहाज शुक्रबार बिहान ११ बजेर २८ मिनेट जाँदा त्रभुवन विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । कुवेतले पठाएको यो तेश्रो उडान हो ।
जजिरा एयरलाइन्स कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ४ बजे उडेको थियो । गैरकानुनी रुपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले पठाएको हो । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको हो । यसको सबै खर्च कुवेतले नै बेहोरेको हो ।
कुवेतले शनिबारका लागि पनि थप दुई उडानका लागि अनुमति मागेको छ । यसअघि बिहीबार बिहान कुवेतबाट दुई वटा उडानमा गरी २ सय ६ जना नेपाली महिला कामदार नेपाल फर्किएका थिए ।
Published on: 12 June 2020 | Kantipur
GET IN TOUCH