s

कुवेतबाट आएका प्रदेश १ का ९३ महिला सुनसरीको चताराधाम होल्डिङ सेन्टरमा

कुवेतबाट स्वदेश फर्किएका प्रदेश १ का विभिन्न जिल्लाका ९३ जना महिलालाई सुनसरीको चतारास्थित नेपाली सेनाको सुरक्षामा रहेको होल्डिङ सेन्टरमा राखिएको छ ।

चताराको रामानन्दाचार्य सेवापीठमा पूर्वी पृतना हेडक्वार्टर इटहरीले  तयार गरेको प्रदेशस्तरीय होल्डिङ सेन्टरमा राखिएको नेपाली सेनाले जनाएको छ ।

कुवेतबाट नेपाल आएका ती महिलालाई केही समय होल्डिङ सेन्टरमैै राखी सम्बन्धित स्थानीय निकायसँग समन्वय गरी पठाइने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।  

हाेल्डिङ सेन्टरमा हालसम्म झापाका ३७, सुनसरीका १८, मोरङका २१, इलामका चार, पाँचथरका तीन, ताप्लेजुङका दुई, तेह्रथुमका दुई, धनकुटाका एक, भोजपुरका एक, सोलुखुम्बुका तीन र खोटाङका एकजना रहेका छन् ।

Published on: 13 June 2020 | Nayapatrika

Link

Back to list

;