s

कुवेतबाट आगामी शुक्रबार र सोमबार चार्टर्ड उडान हुने

गाेरखापत्र अनलाइन

काठमाडौँ, भदौ ९ गते । कुवेतबाट पून चार्टर्ड उडान सुरु हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै आगामी शुक्रबार र सोमबार हुने उडानबारे जानकारी गराएको हो । उक्त दिन नेपाल एयरलाइन्सको एक–एक चार्टर्ड उडान हुने दूतावासले जानकारी गराएको छ ।

यसअघि विभिन्न मितिमा प्रकाशित सूचनामा नाम परेर टिकट खरिद बुकिङ गरेका यात्रुहरूले रिकन्फर्मेसनको लागि एयरलाइन्समा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । होटेल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुहरूको हकमा कम्तीमा सात दिनको होटलको खर्च उठाउने र होटेललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाइन्सले गर्ने दूतवासले स्पष्ट पारेको छ ।

Published on: 25 August 2020 | Gorkhapatra

Link

Back to list

;