s

कुवेतबाट नेपालमा लगानी

वैदेशिक रोजगारीमा कुवेत गई विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु मिलेर सामूहिक लगानी मार्फत नेपालमा लगानी गर्ने भएका छन् । गत शुक्रबार कुवेतको जेलिबस्थित पपिन्स सभाहलमा एनआरएनए, एनसीसी कुवेतको संयोजनमा सामूहिक लगानीका विषयमा छलफल भएको छ । सामूहिक लगानीका प्रमुख अभियान्ता सुरज मास्केले कुवेतमा कार्यरत नेपालीहरुलाई भेला गराई  नेपालमा लगानीको सम्भाव्यता, नेपाली बजारको वर्तमान अवस्थाबारे योजना प्रस्तुत गरेका थिए ।
 
सामूहिक लगानीको लागि एक बोर्ड गठन गरिएको छ । बोर्डको बोर्ड अफ डाइरेक्टरमा सुरज मास्के, रबि बन्जाडे, विक्रम थापा, राजीव खड्का, राजन कुँवर  र अरुण मास्के रहेका छन् भने आमन्त्रित सदस्यको रुपमा नारायण पोख्रेल र राजेन्द्र बस्नेत रहेका छन्।
 
समितिले कुवेतमा कार्यरत नेपालीले न्यूनतम एक लाख रुपैयाँ र अधिकतम २० लाख रुपैयाँसम्म मात्र लगानी गर्न सकिन निर्णय गरेको छ । पहिलो बैठकले सुरज मास्केको नेतृत्वमा बोर्ड अफ डाइरेक्टर गठन गरेको छ । यो बोर्ड अफ डाइरेक्टर गठनसँगै कम्पनीको रजिस्ट्रेसन र सञ्चालन गर्ने बताएको छ ।
 
Published on: 13 February 2018 | Madhyanha

Back to list

;