s

कुवेतवाट १४ घरेलु कामदार उद्धार

कुवेतस्थित नेपाली दूतावासले १४ जना घरेलु कामदार (हाउसमेड)लाई उद्धार गरी स्वदेश पठाएको छ ।
 
लामो समयसम्म तलब नपाई भागेर दूतावासमा आएका हाउसमेडलाई स्वदेश पठाएको हो । उनीहरुलाई दूतावासको अनुरोधमा कुवेतको सरकारी सेल्टरमा राखेको थियो । सेल्टरमा उनीहरुले ३ महिनासम्म आश्रय लिएका थिए ।
 
दूतावासले उनीहरुलाई एयर अरेबियाको फ्लाइटबाट बुधबार स्वदेश पठाएको हो ।
 
Published: 28 December 2018 | Kantipur

Back to list

;