s

कुवेत सरकारद्वारा आममाफीको समय थप

कुवेत सरकारले कुवेतमा गैरकानुनी रूपमा बसेका विदेशी कामदारलाई आममाफी दिने समयसीमा दुई महिना थप गरेको छ । कुवेत सरकारले सन् २०१८ अप्रिल २२ (२०७५ वैशाख ९ गते) सम्म अवैधानिक बसेका विदेशी कामदारलाई आममाफी दिने निर्णय गरेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
 
यसअघि सन् २०१८, जनवरी २९ देखि फेबु्रअरी २२ तारिखसम्म तोकिएकोमा कुवेत सरकारले थप दुई महिनाका लागि आममाफीको म्याद थप गरेको हो । कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्का रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानूनी भएकाले थपिएको अवधिभित्र आफ्नो प्रक्रिया पूरा गरी वैध बन्न पाउने जनाइएको छ । भिसाको म्याद गत २४ जनवरी २०१८ समाप्त भएका वा २४ जनवरी २०१८ भन्दाअघि कम्पनीले भागेको उजुरी गरेका कामदारको हकमा मात्र आममाफी प्रक्रिया लागू हुने दूतावासले जनाएको छ ।
 
Published on: 26 February 2018 | Gorkhapatra

Back to list

;