s

कुवेत पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने बहनामा लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४३ वर्षीया जुनु तुम्बाहाङफे रहेको प्रहरीले जनाएको छ। उनले वैदेशिक रोजगारीका लागि कुवेत पठाइ दिने र त्यसका लागि प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै पीडित रस्मिता भुलोनबाट दुई लाख रुपैयाँ लिएर फरार भएकी थिइन्।

त्यसपछि पीडित भुलोनले तुम्बाहाङफेविरुद्ध उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा खोजतलासका क्रममा सोमबार गौशालाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Published on: 3 January 2024 | Annapurna Post

Link

Back to list

;