s

कुवेत जान रोक

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १९ गते । कुवेत सरकारले नेपालसहित ३० देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । शनिबारदेखि कुवेतले व्यावसायिक उडान खोले पनि नेपालसहित विभिन्न ३० देशका नागरिकको प्रवेशमा भने रोक लगाएको हो ।

कुवेत सरकारले नेपाल कोरोना भाइरसको उच्च जोखिम रहेको देश भएकाले तत्कालका लागि प्रवेशमा रोक लगाएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले कुवेत सरकारले फुकुवा गरेको सूचना नआउँदासम्म बिदामा आएर पुनः फर्किन खोजेका नेपाली श्रमिकलाई तत्काल नफर्कन आग्रह गरेको छ ।

Published on: 3 August 2020 | Gorkhapatra

Link

Back to list

;