s

कुवेत जान लागेका पाँच युवती विमानस्थलबाट फिर्ता

वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका पाँच जना युवती विमानस्थलबाट फिर्ता भएका छन् । रिसेप्सनिष्टमा श्रम स्विकृत लिएका उनीहरुलाई कम्पनीले क्लिनरमा भनेर पठाउन खोजेकाले रोकिएको वैदेशिक रोजगार विभागका निर्देशक उद्धब रिजालले जानकारी दिए।
 
वैदेशिक रोजगार श्रम डेस्कले उनीहरुलाई शनिबार फिर्ता पठाएको हो। उनीहरु वैभव म्यानपावरबाट कुवेत जान लागेका थिए। एउटामा श्रम स्वीकृति लिने र अर्को काममा जान भने पाइदैन् । म्यानपावरले सेटिङ मिलाएर युवतीहरु कुवेत पठाउने गरेको विभागले आरोप लगाएको छ। मन्त्रालयले म्यानपावर र श्रम स्वीकृति दिने कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएको छ।
 
Published on: 23 June 2018  Setopati

Back to list

;