s

कुवेतस्थित नेपाली दूतावासमा बिदाका दिन पनि काम हुँदै

कुवेतस्थित नेपाली दूतावासले शुक्रबार र शनिबार समेत सेवा दिने भएको छ । अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई घर फर्कने प्रक्रियामा सहभागी हुन सजिलो होस् भनेर दूतावासले शुक्रबार र शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा दिने भएको हो । कुवेतले अवैधानिक रुपमा बसिरहेका विदेशीलाई घर फर्कन जनवरी २९ देखि फेब्रुवरी २२ (माघ १५ देखि फागुन १०) सम्मको समय दिएको छ । यात्रा अनुमतिपत्र तथा अरु परामर्शका लागि आममाफीको समयमा बिदाका दिन पनि कार्यालय खुल्ला हुने दूतावासले जनाएको छ । कुवेत सरकारको तथ्याङ्क अनुसार कुवेतमा ४ हजार ५ सयको हाराहारीमा नेपाली कामदार अवैधानिक रुपमा बसिरहेका छन् । 
 
Published on: 2 February 2018 | Ujyaaloonline

Back to list

;