s

कूटनीतिक कर्मचारी अफगानिस्तान जाने

अफगानिस्तानमा रहेका २५ हजारभन्दा बढी नेपालीको समस्या सम्बोधन गर्न र कूटनीतिक तहमा प्रत्यक्ष सम्पर्क कायम गर्न अध्ययनका लागि एक कर्मचारी काबुल पठाइने भएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले खर्च बेहोर्ने गरी इस्लामावादस्थित नेपाली नियोगका एक कूटनीतिक कर्मचारी काबुल जाने भएका छन् । परराष्ट्र मन्त्रालयले गरेको निर्णयमा अफगानिस्तानका लागि समेत तोकिएका पाकिस्तानस्थित राजदूत जतिसक्दो चाँडो ओहोदाको प्रमाणपत्र चढाउन जानका लागि कर्मचारी तहमा हुन लागेको भ्रमणले सघाउ गर्नेछ । 

अफगानिस्तानको सहप्रमाणीकरण मामला पाकिस्तानले हेर्ने भए पनि यसअघिका राजदूतहरू कसैले पनि काबुल गएर ओहोदाको प्रमाणपत्र चढाउन र औपचारिक कूटनीतिक सम्पर्क कायम राख्न सकेका थिएनन् । हाल इस्लामावादमा कार्यरत राजदूत भरतराज पौड्यालको पहलले अफगानिस्तानमा नेपाली कामदारले बेहोरेको समस्या समाधान गर्न पनि ओहोदाको प्रमाणपत्र बुझाउने तदारुकता देखाइएको हो ।

Published on: 28 March 2013 | Kantipur

 

Back to list

;