s

कुन म्यान पावर कस्तो अब वेबसाईट बातै थाहा हुने

वैदेशिक रोजगारीमा जाने सोच बनाएर मेनपावरको खोजी गर्दै हुनुहुन्छ ? यदि गतिलो मेनपावर फेला नपारेर अन्योलमा हुनुहुन्छ भने खुसीको खबर छ। तपाईं मेनपावरको कार्यालयमा नगई वेबसाइटबाटै कुन मेनपावर कस्तो भन्ने जानकारी दिने वेबसाइट तयार पारिएको छ।
 
वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावरको स्तर कस्तो छ भन्ने जानकारी दिलाउन अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले वेबसाइट सुरु गरेको हो । आइटियुसीले सुरु गरेको उक्त वेबसाइटको नाम रिक्रुमेन्टएडभाइजर डट ओआरजी हो । यो वेबसाइट नेपालसँगै इन्डोनेसिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ सुरु गरिएको छ।
 
उक्त वेबसाइटमा हरेक मुलुकका लागि फरक भाषाका पेज राखिएका छन् । यो वेबसाइट निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आइटियुसीसँग सहकार्य गरेको हो।
 
Published on: 12 April 2018 | Nagarik

Back to list

;