s

कुवेतमा ६ नेपाली कामदारको मृत्यु


कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कुवेतस्थित नेपाली नियोगका द्धितीय सचिव जानकी ओझाका अनुसार मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा ब्लक ५ ढल निर्माण गर्ने क्रममा बालुवा र ग्रामेलको ढिस्को खसेको थियो । ओझाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको विस्तृत विवरण आउन सकेको छैन । छिट्टै प्रतिवेदन दिन माग गरिए पनि प्रहरीले नदिएको उनको भनाइ छ । उक्त निर्माणस्थल चिनियाँ कम्पनी सिजिजिसीले निर्माणको जिम्मा लिएको छ ।

Published on: 13 February 2020 | Annapurna Post

Link

Back to list

;