s

कुवेतमा बालुवा-ढुङ्गाको ढिस्काले पुरिएर ६ नेपालीको मृत्यु

कुवेतको अल–मुतला क्षेत्रको निर्माणस्थलमा काम गर्ने क्रममा बालुवाढुङ्गाको ढिस्काले पुरिएर ६ नेपालीको मृत्यु र दुई जना घाइते भएका छन् ।  मृत्यु हुनेमा एकबहादुर गाहा (पाल्पा), गंगाराम चौधरी (सिराहा), बसन्त गुरूङ (ताप्लेजुङ), श्याम नारायण चौधरी (दाङ) रहेका छन । बाँकी दुई जना मृतकको विवरण आउन बाँकी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै घाइते हुनेमा  धर्मेन्द्र कुमार (शाह)  र मनोरथ मण्डल रहेको जानकारी दिएको छ । शाह कुवेतस्थित जाहरा अस्पतालमा उपचाररत छन् भने मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।  दूतावासबाट आवश्यक समन्वय र सहयोगको कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published on: 13 February 2020 | Nayapatrika

Link

Back to list

;