s

कृषिमा पर्याप्त रोजगारी सिर्जना गरिने

काठमाडौ : कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालले कृषिमा प्रयाप्त रोजगारी सिर्जना गरिने बताएका छन् । भिजन सञ्चार प्रालिले आयोजना गरेको कृषि र सहकारी विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि मन्त्री भुसालले कृषिको आधुनिकरण र व्यावसायिकरण गरिने बताए । कोरोना भाइरस  (कोभिड १९) ले पर्यटन, उद्योग तथा सेवा क्षेत्र प्रभावित भएका बेला कृषिमा आशा पलाएको उनको भनाइ छ ।  सहकारी मार्फत उत्पादन बढाउने र राष्ट्रिय बजार स्थापना गर्न मन्त्रालयको ध्यान गएको उनले बताए ।

कृषि सधै उपेक्षित भएको भन्दै मन्त्री भुसालले अब उत्पादन र बजारीकरणमा सरकारले जोड दिने दाबी गरे । कृषि रुपान्तरणका लागि सहकारीको महत्त्वपूर्ण भुमिका हुने उनले बताए ।  माछा मासुमा आत्मनिर्भर हुनका लागि दानामा आत्मनिर्भर हुनुपर्ने भएकाले सरकारको त्यसतर्फ ध्यान गएको उनको भनाइ छ ।

सहकारीले पशुपालन, चाक्लाबन्दी र बाझो खेती व्यवस्थापन गर्न पहल गर्नु पर्ने र प्रधानमन्त्री कृषि आधुनिकरणलाई व्यवस्थित गरी उत्पादन बढाइने उनले जानकारी दिए।

मन्त्री भुसालले सहकारीलाई सहुलियतपूर्ण ऋणको ब्यबस्था गर्न रास्ट्र बैंकसग छलफल भइरहेको बताए । सहकारीलाई तीन प्रतिशतमै सहुलियत कर्जा उपलब्ध गराइने उनले बताए । कृषिमा सहकारी अर्थतन्त्र नै स्थापित गर्न मन्त्रालय सकारात्मक भएको उनको भनाइ छ । मन्त्री भुसालले कृषिको विकासमा सहकारीको आडभरोसा भएको भन्दै परिणाममुखी काम गर्न जोड दिए ।

मल, बिउ, सिचाइ, प्राविधिक, वित्तीय पहुँच, बिमा ग्यारेन्टी, बजार व्यवस्था गरिने उनले बताए । त्यस्तै सीपमुलक तालिमका लागि श्रम मन्त्रालयसग समन्वय गर्दै सहकारीमार्फत आउँदो वर्ष ७५ हजारलाई स्वोरोजार बनाइने उनको भनाइ छ।

सहकारी विभागका रजिस्ट्रार डा टोकराज पाण्डेले घरजग्गा र शेयरमा लगानी नगरी दीर्घकालीनरुपमा फाइदा पुग्ने कृषिमा लगानी गर्नुपर्ने बताए । सहकारीले मागेर खान्छु भन्ने मानसिकता त्यागेर अनुदानमा लोभ नगरी आत्मनिर्भर बन्नुपर्ने बताए । सहकारीकर्मी नेता बन्न लालसा त्यागेर मर्जरमा जानुपर्ने र उत्पादनमा केन्द्रित हुनुपर्ने बताए । 

ररष्ट्रिय सहकारी विकास बोर्डका सल्लाहकार ऋषिराज घिमिरेले सामूहिक खेती प्राणालीमा जोड दिनुपर्ने बताए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सरकारले आवश्यक नितिगत व्यवस्था गरिदिए सहकारीले कृषि क्षेत्रमा प्रयाप्त लगानी गर्ने दाबी गरे।

नेपाल वचत तथा ऋण सहकारी केन्द्रीय संघका अध्यक्ष परितोष पौड्यालले कृषि विकासका लागि कृषि वित्त प्रणाली स्थापना गर्न आवश्यक भएको बताए ।

Published on: 15 June 2020 | Annapurna Post

Link

Back to list

;