s

‘कोषमा योगदान गर्नेलाई करोड ऋण’

सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरूलाई एक करोड रुपैयाँसम्मको ऋण दिने तयारी थालेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले जस्तै सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरूलाई समेत घरजग्गा खरिद र निर्माण तथा शैक्षिक ऋण प्रदान गर्ने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए ।

सिंहदरबारमा शनिबार गैरसरकारी संस्था महासंघ, उपभोक्ता महासंघ, कर्मचारी सञ्चय कोषलगायत पदाधिकारीसँग छलफलमा उनले घरजग्गा सापटी बढीमा १ करोड र शैक्षिक कर्जाबापत बढीमा ३५ लाख ऋण दिने कार्यविधिको मस्यौदा मन्त्रालयले तयार गरिरहेको बताए ।

Published on: 11 November 2019 | Kantipur

Link

Back to list

;