s

‘कोषको रकम श्रमिकको हितमामात्र खर्चनुपर्छ’

काठमाडौं : वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मर्मत सम्भारका लागि वैदेशिक रोजगार बोर्डले सञ्चालन गर्ने कल्याणकारी कोषमा रहेको रकम खर्च गर्ने विषयमा रिटर्नीहरूले आपत्ति जनाएका छन्। श्रमिकको हकहितका लागि प्रयोग गरिनुपर्ने रकम व्यावसायिक प्रयोजनमा खर्च गरिने निर्णय आपत्ति जनक भएको भन्दै रिटर्नीहरूले बोर्डको कार्यालयमा पुगेर ध्यानाकर्षण गरेका हुन्।

रिटर्नी फेडेरेसन नेपालको अगुवाइमा पुगेका रिटर्नीहरूले बोर्डका कार्यकारी डाक्टर द्वारिका उप्रेतीलाई कोषको रकम श्रमिकको हितविपरीत प्रयोग नगर्न ध्यानाकर्षण पत्र बुझाए। फेडेरेसनमा अध्यक्ष उत्तम अधिकारीले वैदेशिक रोजगारीमा रहेका नेपालीको हकहितमा खर्च गरिनुपर्ने रकम व्यावसायिक प्रयोजनमा खर्च गर्न लागिएको भन्दै यो रोक्नका लागि ध्यानाकर्षण गरिएको बताए।

उनले भने, ‘सिस्टम मर्मतका नाममा १० करोड रुपैयाँ खर्च गर्न लागिएको छ। यो निर्णय तत्काल फिर्ता हुनुपर्छ। श्रमिकको हितमा खर्च गर्नुपर्ने रकम कुनै पनि बहानामा अन्यन्त्र खर्च पाइँदैन।’

Published on: 25 December 2023 | Annapurna Post

Link

Back to list

;