s

कोशी प्रदेशमा श्रम डेक्स राखिने

विनोद सुवेदी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रमिकको सूचिकरणका लागि प्रदेश र स्थानिय तहमा श्रम डेक्सको स्थापना गर्ने बताएका छन्। १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ(जिफण्ड) कोशी प्रदेशले विराटनगर आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कानुन बनाएर प्रदेश स्तरमा र स्थानिय तहहरूमा श्रमिकको सूचिकरणका लागि श्रम डेक्स स्थापना गर्ने बताएका हुन्।

कोशी प्रदेशका कुन स्थानिय तहमा कतिजना कुन, कुन सिप भएका श्रमिकहरू कार्यरत छन् भन्ने समेत जानकारी नभइरहेको बेला प्रदेश सरकारले कानुन बनाएरचाँडै प्रदेश र स्थानिय तहमा श्रम डेक्स राख्ने व्यवस्था गर्न मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे। ‘आवश्यक कानुन निर्माण गरेर चाँडै प्रदेश र स्थानिय तहमा श्रम डेक्स राख्ने व्यवस्था गर्छौं’ कार्कीले भने,‘कोशी प्रदेशको श्रम हेर्ने मन्त्रालय र १३७ वटै पालिकामा श्रम डेक्सको स्थापना गरिने छ।’

यसरी राखिने श्रम डेक्समा श्रमिकहरू सूचिकृत हुने भएकाले प्रदेशमा कुन –कुन क्षेत्रका कति श्रमिकहरू काम गरिरहेका छन् भन्ने तथ्याँक निश्कने छ। यहि तथ्याँकका आधारमा प्रदेश सरकारले श्रम सम्बन्धी नीतिहरूसमेत तय गर्ने छ। मुख्य मन्त्री कार्कीले प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेर श्रमिकलाई अधिकार प्रदान गर्न प्रतिबद्ध रहेको पनि बताए। योगदानमा आधारित समाजिक सुरक्षा कोष स्थापना गरिएको भएपनि अझै लागू नभएकाले योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए।

मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयमा केहि असन्तुष्टिहरू देखिएको बताए। नामको विषयमा असन्तुष्टि राख्न पाइने, शान्तिपूर्ण आन्दोलन र विरोध पनि गर्न पाइने स्पष्ट पारे। तर, आन्दोलनलाई हिंसात्मक बनाउने नहुने धारणा राखे। कार्कीले चित्त नबुझेको विषयमा शान्तिपूर्ण आन्दोलन गर्न आन्दोलनरत पक्षलाई आग्रह गरे।

Published on: 2 May 2023 | Nagarik

Link

Back to list

;