s

कोरियाली भाषा परीक्षा आगामी जेठमा

आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ ।

आवेदकको परीक्षा काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिले आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् ।भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइटबाट अनलाइनमार्फत फाराम भर्न सकिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।

Published on: 14 March 2019 । Nayapatrika

Back to list

;