s

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ। यसपटको लिइएको परीक्षाबाट कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको छ।
 
जेठ २५ र २६ गते संचालन भएको नवौं भाषा परीक्षामा ७ हजार ९ सय ९६ परीक्षार्थी उत्तीर्ण भएका छन् l उत्तीर्ण मध्ये उत्पादन मुलक क्षेत्र तर्फ ५ हजार २८ जना रहेका छन् भने बाँकि २ हजार ९ सय ६८ जना कृषि तर्फ छन् l भाषा परीक्षामा उतिर्ण भएका हरुको आगामी प्रक्रिया बारे थप सूचना प्रकाशित हुने एचआरडी कोरियाले बताएको छ l यो पटक उतीर्ण हुनेकोले शिप परिक्षण (Skill Test) दिन नपर्ने जनाइएको छl 
 
Published on: 29 June 2018 | Setopati

Back to list

;