s

कोरियन भाषा परीक्षाको आवेदन भोलिबाट खुल्दै

कोरियामा रोजगारीका लागि जान चाहनेका लागि भोलि बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको छ ।
 
इच्छुकहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्नेछन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
 
र्इपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ । आवेदन गर्दा लाइन बस्ने झन्झट गतवर्षबाटै हटाइएको थियो । तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ ।
 
भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।
 
आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुलक ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउनुपर्नेछ । यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ ।
 
त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

Published on: 21 March 2018 | Onlinekhabar

Back to list

;