s

कोरिया भाषा परीक्षाः अनलाइन आवेदन पक्रियामा पनि उस्तै सास्ती

ईपीएस मार्फत दक्षिण कोरियामा काम गर्न चाहने नेपालीले भाषा परिक्षाको लागि आवेदन भर्न देखिएको सास्ती कम गर्न अघिल्लो वर्षदेखि अनलाइन प्रणाली लागू गरिए पनि रोजगार आकांक्षीको सास्ती कम भएन । विहीबार भाषा परीक्षाको फारम भर्न शुल्क बुझाएको बैंक भौचर अनिवार्य गरिएपछि अधिकांश युवा बुधबार रातिदेखि नै बैंकमा रकम बुझाउन लाइन लागेका थिए । त्यसमध्ये केही विस्ताराको प्रबन्ध गरी लाइनमा आएका थिए ।
 
आगामी वर्ष जेठ २६ र २७ गते पोखरा र काठमाडौंमा भाषा परीक्षा हुनेछ । नतिजा १६ गते प्रकाशन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । ईपीएस कार्यालयले एउटै मात्र आईएमई बैंकमा रकम जम्मा गरेको भौचर मान्य हुने तय गरेपछि चैत १८ गतेसम्म भाषा परीक्षाको आवेदन गर्न पाइने भएपनि युवाहरू बुधबार रातिदेखि आईएमई बैंकमा लागिरहेका थिए । बैंकमा परीक्षार्थीले २४ अमेरिकी डलर परीक्षा शुल्क बुझाएका छन् । ईपीएसबाट आगामी वर्ष उत्पादमूलक क्षेत्रतर्फ ४ हजार ८ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार ३ सय गरी जम्मा ७ हजार १ सय जना उत्तीर्ण हुनेछन् । पोखराका हकमा भने शुरुमा केन्द्र रोजेका मध्ये १२ हजार जनाले पोखरा केन्द्र छनोट गर्न पाउनेछन् । बाँकीको भने ईपीएसले केन्द्र तोक्नेछ ।
 
फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएका वा कोरियामा गैह्रकानूनी रुपमा बसोबास गरी नेपाल फिर्ता भएका वाहेक १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेका नेपाली नागरिकले भाषा परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
 
Published on: 23 March 2018 | Madhyanha

Back to list

;