s

कोरियन भाषा परीक्षामा १२ हजार उत्तीर्ण

रुद्र खड्का

सन् २०१८ मा रोजगारीका लागि कोरिया जान लिइएको भाषा परीक्षामा १२ हजार एक सय ८ जना उत्तीर्ण भएका छन् ।

मंगलबार कोरियाको मानव संशाधन विभागले प्रकाशित गरेको नतिजा अनुसार कृषिमा न्यूनतम ४२ र सेवा क्षेत्रमा ४४ अंक प्राप्त गर्ने उत्तीर्ण भएका हुन् । सन् २०१८ का लागि कोरियाले १० हजार पाँच सय जनाको कोटा निर्धारण गरेको छ । ‘केही परिक्षार्थीको नम्बर जुँधेकाले कोटा भन्दा बढी उत्तीर्ण भए,’ वैदेशिक रोजगार विभाग अन्तर्गत कोरिया शाखाका प्रमुख बाबुराम खतिवडाले भने ।

भाषा परीक्षामा ७५ हजार पाँच सय ८० जनाले अनलाइनमार्फत फारम भरेकामध्ये ६८ हजार चार सय ६९ जनाले गत जेठ २७ र २८ गते परीक्षा दिएका थिए । यसपटक उत्तीर्ण भएकाहरू आउँदो फागुनदेखि उड्न पाउने खतिवडाले बताए ।

Published on: 26 July 2017 | Nagarik

Back to list

;