s

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको कोरियन भाषा परीक्षाको परीक्षाफल आज सार्वजनिक गरिएको हो।

परीक्षामा ८४ हजार २ सय १५ जना परिक्षार्थी सहभागी भएका थिए। सहभागी मध्ये १२ हजार ९ जना पास भएका छन्। पास हुनेमा म्यानुफ्याक्चरिङतर्फ ९ हजार १४३ जना र कृषितर्फ २ हजार ८ सय ७६ जना रहेका छन्।

आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ। जस मध्ये ३ हजार कृषिमा र ७ हजार ५० 'म्यानुफ्याक्चरमा' रहेका छन्। कोरियामा नतिजा प्रकासन भइसके पनि नेपाल सरकारलाई भने नतिजा उपलब्ध नभएको बैदेशिक रोजगार बिभाग इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।

‘कोरियामा भाषा परीक्षाको नतिजा आइसके पनि नेपाल सरकारलाई भने उपलब्ध गराएको छैन्। हामीले ताकेता गरिरहेका छौँ,' ’उनले भने, ‘आज बेलुकासम्म नेपाल सरकारलाई उपलब्ध गराइने छ। आज उपलब्ध नगराएको खण्डमा भने भोलि र पर्सी कोरीयामा बिदा हुने भएकाले सोमबारमात्र नतिजा आइसक्ने छ।’तर परीक्षार्थीले eps.go.kr मा ब्यक्तिगत नतिजा हेर्नसक्ने भण्डारीको भनाइ छ।

Published on: 28 June 2019 | Setopati

Back to list

;