s

कोरियामा नेपालीको संख्या २० हजार

देवेन्द्र सम्बाहाम्फे

दक्षिण कोरियामा नेपालीहरूको संख्या २० हजार नाघेको छ । यहाँको तथ्यांक विभागले हालै सार्वजनिक गरेको विवरण अनुसार नेपालीहरूको संख्या २० हजार ४ सय ७० छ । यीमध्ये १ हजार ३ सय ६१ अवैधानिक रहेका छन् ।

२४ राष्ट्रका नागरिकहरूको संख्या संलग्न गरिएको तथ्यांकअनुसार यहाँ १४ लाख ८९ हजार ६ सय ३२ प्रावासी छन् । यीमध्ये स्थायी बसोवास गर्नेहरूको संख्या २ लाख ६ हजारभन्दा बढी छ । अरू ३ लाखभन्दा बढी अवैधनिक रहेका छन् । कोरियामा रहेका प्रवासीमध्ये सबैभन्दा बढी ७ लाख ३७ हजार १ सय ५० चिनियाँ नागरिक छन् । त्यसैगरी कोरियाली मूलका चिनियाँहरूको संख्या ४ लाख ६५ हजार रहेको छ भने अमेरिकीको संख्या १ लाख ४० हजार  छ । प्रतिवेदनमा २७ प्रकारको भिसामा विदेशी नागरिक कोरिया प्रवेश गरेको उल्लेख छ ।

कोरियाको साना तथा मझौला उद्योगहरूमा अदक्ष कामदार आपूति गर्ने १५ मुलुकमध्ये सबैभन्दा धेरै भियतनामी छन् । तथ्यांकअनुसार भियातनामीहरूको संख्या १ लाख २० हजार ५ सय १३ रहेको छ । दक्षण्िा एसियाली राष्ट्रहरूमध्ये श्रीलंकाका नागरिक सबैभन्दा धेरै २२ हजार छन् । त्यसपछि नेपालीको संख्या धेरै छ । ईपीएसमार्फत कोरिया नआए पनि भारतीयहरूको संख्या ९ हजार २ सय रहेको छ ।

यीमध्येे ३ हजारभन्दा बढी अवैधानिक छन् । कोरियामा रहेका प्रवासी नागरिक संख्या धेरै हुनेमा नेपाल १४ औं राष्ट्रमा परेको छ । तथ्यांकमा संलग्न गराइएका राष्ट्रमध्ये सबैभन्दा कम ३ हजार ५ सय न्युजिल्यान्डका नागरिक छन् । अमेरिका, क्यानडा, चीन, जापान आदि देशका नागरिकले कोरियाको आर्थिक विकासमा सहयोग पुर्‍याएको उल्लेख गरिए पनि प्रतिवेदनमा दक्षिण एसियाको कुनै राष्ट्रको नाम उल्लेख छैन ।

कोरियामा नेपालीहरू दक्ष -अदक्ष कामदार, विद्यार्थी, व्यापारी, शरण्ाार्थी, कर्मचारी, शिक्षक र वैवाहिक सम्बन्धमा आएका छन् । अन्य क्षेत्रभन्दा पनि कोरियामा मजदुरका रूपमा भित्रिने नेपालीको संख्या अत्यधिक रहेको छ ।

नेपाल-कोरियाबीच ईपीएस सम्झौता भएपछि कोरिया भित्रिने नेपालीको संख्या उल्लेखनीय वृद्धि भएको हो । इमान्दार, मिहेनती, कडा परिश्रम गर्ने भएकाले रोजगार अनुमति प्रण्ाालीमा नेपाली कामदारको माग बढ्दो छ । ईपीइस नेपाल शाखाको तथ्यांकअनुसार गत जनवरीदेखि हालसम्म ४ हजार ९ सय ६९ नेपाली कामदारको श्रम सम्झौता भएको छ । गत वर्ष सबैभन्दा बढी ५ हजार ९ सय १७ जना आएका थिए ।

ईपीएसमा पुनः नेपाल प्रथम

कोरियाको साना तथा मझौला उद्योगहरूमा कामदार आपूर्ति गर्ने १५ मुलुकहरूमध्ये नेपाल पुनः उत्कृष्ट भएको छ । गत २०१३ नोभेम्बर २१ र २२ सोलमा १५ देशका प्रतिनिधिहरूको उपस्थितिमा भएको ईपीएस अनुभव आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठीमा नेपालले प्रथम स्थान हासिल गरेर आउट स्टेन्डिङ अवार्ड प्राप्त गरेको हो । 

नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसी र ईपीएस कोरिया श्ााख्ााका निर्देशक डिल्लीराम बास्तोला सहभागी रहेको  गोष्ठीमा १५ देशबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रारम्भिक छनोटबाट ९ मुलुकको प्रतिवेदन बाहिरिएकाले नेपालसहित ६ मुलुकको प्रतिवेदनबीच प्रतिस्पर्धा भएको थियो । 

कोरियाको रोजगार तथा श्रम मन्त्रालय, एचआरडी प्रतिनिधिका साथै विभिन्न क्षेत्रका ६ जना विज्ञहरूको मूल्यांकन टोलीले कामदार कोरिया पठाउन लागेको अवधि, कोरियामा गैरकानुनी बस्नेलाई निरुत्साहित गर्न गरिएको प्रयास, एचआरडीसँगको सम्बन्ध, प्रक्रियागत स्वच्छता समेतका आधारमा गरिएको मूल्यांकनबाट नेपाल प्रथम स्थान हासिल गरेको हो । 

नेपालले पुनः प्रथम स्थान हासिल गरेपछि नेपाली युवाका लागि रोजगारीको आकर्षक गन्तव्य बन्दै गएको कोरियामा थप नेपालीहरूलाई रोजगारी अवसर प्राप्त हुने श्रम तथा रोजगार मन्त्रालय ईपीएस शाखाले जनाएको छ । यसअघि नेपालले सन् २००९ र २०११ मा उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो ।

Published on: 30 November 2013 | Kantipur

Back to list

;