s

कोरियामा नेपाली युवकको मृत्यु

डेढ महिनाअघि रोजगारीका लागि कोरिया पुगेका शान्तिपुरका एक युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । शान्तिपुर ७ का २२ वषर्ीय कृष्णबहादुर थापाको कोरिया बुआन सहरमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको हो ।

थापा ईपीएस कोटामार्फत कोरियाको छल्ला बुकदोको फूलबारीमा काम गर्दै आएका थिए । दुर्घटनाको खबरलगत्तै मंगलबार बिहान घटनास्थल पुगेका कोरियोको सोलस्थित नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङका अनुसार मालिकको मोटरसाइकल लिएर घुम्न निस्केका बेला दुर्घटनामा परेको र पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले किचेर थापाको घटनास्थलमै मृत्यु भएको थियो । आवश्यक प्रक्रिया पूरा गरी उनको शव नेपाल पठाइने गुरुङले बताए ।

Published on: 28 November 2013 | Kantipur

Back to list

;