s

कोरियामा आकाशे पुलबाट हाम फालेर नेपाली युवाद्वारा आत्महत्या

दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएका एक युवाले आफु गैरकानुनी भएपछि तनावमा आएर आत्महत्या गरेका छन् । कास्की जिल्ला पोखरा बाझपाटन निवासी ३२ वर्षीय बलबहादुर गुरुङले बुधबार रातको १ बजे सउलको आकाशे पुलबाट हाम फालेर आत्महत्या गरेका थिए । 
 
कोरियामा इपिएस प्रणाली अनुसार रोजगारस्थल परिवर्तन गर्ने क्रममा तोकिएको ३ महिना भित्र नयाँ कार्यस्थल प्रवेश गर्न नसके भिसा अवधी समाप्त भई अबैधानिक हुने प्रवाधान रहेको छ । यसरी नै अबैधानिक हुन पुगेका गुरुङले तनाबमा आएर आत्मा हत्या गरेको तमुधीँ कोरिया र कास्की परिवार कोरियाले संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
 
मृतक गुरुङ्क इपिएसमार्फत पहिला पनि कोरिया आई चार वर्ष १० महिना कार्यसमय पुरागरी नेपाल फर्केर पुन: दोस्रो पटक आएका थिए । कोरिया आएका मृतकका पत्नी र परिवारकै सहमतिमा आगामी आइतबार उनको शवलाई कोरिया मै अन्त्येष्ठी गरिने भएको छ ।
 
अस्पताल र अन्त्येष्टीको लागि आवश्यक खर्च जुटाउन एनआरएन कोरियाको संलग्नतामा आर्थिक सहयोग अभियान आव्हान गरिएको छ ।
 
Published on: 27 June 2018 | Kantipur

Back to list

;