s

कोरियामा रहेका स्याङ्जाका युवाको सुतेकै अवस्था मृत्यु

भवानी अधिकारी 

स्याङ्जा : दक्षिण कोरियामा रहेका स्याङ्जाका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । ७ बर्षदेखि दक्षिण कोरियामा रहेका स्याङ्जाका ३३ वर्षीय खडगबहादुर थापाको मृत्यु भएको स्याङ्जा परिवार दक्षिण कोरियाका पूर्वकेन्द्रिय सदस्य सुन्दर सुवेदीले जानकारी दिए।

बिरुवा गाउँपालिका-५ किचनास चेप्टेका थापा कोरियाको ख्यङ्जु शहरस्थित एक कम्पनीमा कार्यरत थिए। यही बैशाख २९ गत रातिको डयूटी सकेर आएपछि ९ बजे सुतेका उनी ब्यूँझिएनन् । साँझ ६ बजेसम्म पनि नदेखेपछि साथीहरु खोजी गर्दै कोठामा पुग्दा उनी मृत भेटिएको सुवेदीले बताए।

ईपीएस प्रणालीमा रोजगारीका लागि कोरिया गएका थापा पहिलो पटकको ४ वर्ष १० महिनाको अवधि पूरा गरी दोस्रो पटक कोरिया गएका थिए। अविवाहित थापाका आमा र २ दाजुहरु छन् । उनको मृत्युबारेमा अनुसन्धान भइरहेको र शव व्यवस्थापनका बारेमा उनका परिवारसँग छलफल भइरहेका स्याङ्जा परिवार दक्षिण कोरियाले जनाएको छ।

Published on: 15 May 2020 | Annapurna Post

Link

Back to list

;