s

कोरियामा सुतेकै अवस्थामा झापाका युवाको मृत्यु

झापा : वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका- ३ स्थित कञ्चनवारि निवासी ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको बताइएको छ ।

उनको मृत्युको कारण भने खुलेको छैन । न्यौपाने दक्षिण कोरियाको बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत थिए । उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया गएका थिए ।

एक वर्षअघि बिदा लिएर घर आएका उनी फेरि रोजगारीका लागि कोरिया फर्किएका थिए । उनी चार दिनअघि मात्र परिवारको सम्पर्क आएको पारिवारिक स्रोतले जनाएको छ ।

Published on: 2 January 2024 | Annapurna Post

Link

Back to list

;