s

कोरियामा पाँचथरका युवाले आत्महत्या गरे

गोकुल थोकर

सोल — रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीले आत्महत्या गरेका छन् । २१ महिनाअघि कोरिया आएका पाँचथर लालीखर्कका विवेक राईले शनिबार राति आत्महत्या गरेका हुन् ।

कोरियाको दक्षिणी भाग छाङ उमसीमा बंगुरको फार्ममा काम गर्दै आएका राई केही महिनाअघि मात्रै नेपाल पुगेर आएको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङले जानकारी दिए।

‘कम्पनीमा सँगै काम गर्ने नेपाली हुनुहुँदो रहेछ। बेलुकीको खाना खाएर एउटै कोठामा सुतेको मान्छे बिहान देखिएन। खोजी गर्दा कम्पनीभित्रै झुन्डिएको अवस्थामा भेटेछन्,’ उनले भने ।आत्महत्याको कारण नखुलेको सोलस्थित नेपाली दूतावासले जनाएको छ।

ईपीएस सुरु भएदेखि अहिलेसम्म ४९ जना नेपालीले कोरियामा आत्महत्या गरेका छन्। सन् २०१८ मा ६ जना र गतवर्ष ३ जनाले आत्महत्या गरेका थिए। यो संख्या अघिल्ला वर्षको तुलनामा घटेको हो।

Published on: 11 January 2020 | Kantipur

Link

Back to list

;