s

कोरियामा नेपालीले १५ तलाबाट हाम्फालेर आत्महत्या गरे

खेम कार्की

इपीएसमार्फत् १ वर्षअघि दक्षिण कोरिया आएका एक नेपालीले बुधबार १५ तलाको अपार्टमेन्टबाट हामफालेर आत्महत्या गरेका छन्।  एक वर्ष अगाडि कोरिया आएका पोखरा निवासी २५ वर्षका नवीनकुमार गुरुङले बुधबार बिहान थेगुस्थित ट्रेन स्टेशन नजिकको अपार्टबाट हामफालेर आत्महत्या गरेको दोङजिन चिमजाङअर्थात् सिरक बनाउने कम्पनीमा संगै कार्यरत नेपाली सुवास डाँगीले जानकारी दिएका छन्।  
 
थेगु प्रहरीले बुधबार बेलुका नै नेपाली दुतावासमा कागजात घटनाको रिपोर्ट नेपाली दुतावासमा पठाएको छ। थेगु पुलिसले पठाएको रिपोर्टमा घटनामा प्रत्यक्ष पुगेको प्रहरीले बचाउन सेफ्टी नेट बिछयाउँदा-बिछयाउँदै १५ तला बिल्डिङबाट हाम्फालेर मरेको बताएको छ।
मृतकको शव थेगुकै फतिमा हस्पिटलमा राखिएको छ । पुलिस रिपोर्टको आधारमा परिवारलाई तथा नेपालको पराराष्ट्र, श्रम लगायत मन्त्रालयमा जानकारी पठाउने प्रकृया शुरु गरेको नेपाली दुतावास दक्षिण कोरियाले जनाएको छ ।
 
घर जान भनी हिँडेका गुरुङ प्लेनको एकतर्फी टिकट भयो भन्दै एयरपोर्टबाट फर्किएका थिए। थाई एयरको २३ तारिख सोमबारको टिकट लिएर घर जाने तरखरमा रहेका गुरुङलाई २४ तारिख एयरपोर्टमा लिन आउन परिवारलाई पनि जानकारी गराइएको थियो। 
 
तर अकस्मात उनी एयरपोर्टबाट फर्किएर आएको भोलिपल्ट दोङ थेगुको अपार्टमा रहेको एसीको पाइपमा चढदै गर्दा चोर होला भन्दै स्थानीयले पुलिसलाई खबर गरेको र पुलिस आएर झर्न भन्दा १० तलाबाट १५ तलासम्म पुगेका थिए। पुलिसले उद्धार प्रयास गर्दागर्दै उनी हाम्फालेको थेगु प्रहरीलाई उदृत गर्दै एनआरएन कोरियाका अध्यक्ष के पी सिटौलाले जानकारी दिए।
 
Published on: 26 July 2012 | Nagarik

Back to list

;