s

कोरियामा नेपालीको निधन

दक्षिण कोरियामा लामो समयदेखि उपचाररत सुकमान लुङबाको सोमबार दिउँसो निधन भएको छ । क्षयरोग र विभिन्न स्वास्थ्य समस्याले ग्रस्त उनी १५ महिनादेखि सोलस्थित अस्पतालको सघन कक्षमा थिए । पहिला नै ‘ब्रेनडेथ’ भइसकेका सुकमानको विशेष उपचार भइरहेको थियो ।
 
नेपालमा रहेका लुङबाका दिदी र दाइलाई उनको निधनबारे जानकारी गराइसकिएको दूतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले बताए । ‘शव कोरियामै अन्त्येष्टि गर्न सकिने परिवारले जनाएको छ,’ उनले भने, ‘परिवारको लिखित सहमति प्राप्त पाएपछि यहीँ अन्त्येष्टि गरिनेछ ।’
 
गैनकानुनी रूपमा बस्दै आएका सुकमानलाई अचानक बाटोमा बेहोस अवस्थामा भेटिएपछि कोरियालीकै सहयोगमा अस्पताल भर्ना गरिएको थियो । सुरुमा लगिएको अस्पतालमा शुल्क धेरै लागेपछि चितवन सम्पर्क समिति कोरिया र एनआरएनको आहवानमा आर्थिक सहयोग जुटाई क्षयरोगसम्बन्धी अस्पतालमा सारिएको थियो ।
 
Published on: 13 March 2018 | Kantipur

Back to list

;