s

कोरियामा नेपालीको मृत्यु

दक्षिण कोरियाको जिन्जु सहरस्थित एक कम्पनीमा कार्यरत मदाने गाउँपालिका–६ पुर्कोटदहका ३१ वर्षीय विष्णु घिमिरेको शनिबार मृत्यु भएको छ ।

कुखुराको अण्डा प्रशोधन कम्पनीमा मेसिनको फिता चुँडिएर टाउकामा लाग्दा सख्त घाइते उनको अस्पताल पुर्‍याएपछि मृत्यु भएको गुल्मी सम्पर्क समितिका अध्यक्ष गान्धिव सुवेदीले बताए । नेपाली सम्पर्क समिति दक्षिण कोरियाका सहकोषाध्यक्ष रहेका घिमिरे २२ महिनाअघि ईपीएसमार्फत त्यहाँ पुगेका थिए । सोलस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै कोरियन प्रहरीको रिपोर्टसहित सोमबार घरपरिवारलाई कार्यस्थलमै मृत्यु भएको जानकारी गराएको छ । 

उक्त कम्पनीमा घिमिरेसँगै अन्य तीन नेपाली पनि कार्यरत रहेको सुवेदीले बताए ।

Published on: 8 August 2017 | Kantipur

Back to list

;