s

कोरियामा नेपाली मृत फेला

ईपीएसमार्फत रोजगारीका लागि कोरिया आएका एक नेपाली बिहीबार मृत अवस्थामा फेला परेका छन् । इलाम माबु-८ का ३२ वषर्ीय सिद्धिप्रसाद राई आफ्नै कम्पनीमा मृत फेला परेका हुन् । 

सन् २०१० को अगस्टमा कोरिया आएका राई छुन्छङ नाम्दो योङगिन क्षेत्रमा रहेको यम्यङ सानप नामक कम्पनीमा काम गर्थे । उनी ९ महिनाअघि कम्पनी परिवर्तन गरेर त्यहाँ गएका थिए  । कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा र नियोग उपप्रमुख राजाराम बर्तौलाले बिहीबारै घटनास्थलमा पुगेर आवश्यक जानकारी लिएका छन् ।

Published on: 10 August 2012 | Kantipur

Back to list

;