s

कोरियामा नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु

दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका स्याङजा कृष्ण गण्डगी गाउँपालिकाका डिलबहादुर थापाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।घटना बारे शनिबार स्थानिय प्रहरी मार्फत औपचारिक जानकारी आएको श्रम सहचारी डिल्लीराम बास्तोलाले बताए।
 
फेनतेकस्थित एक कृषि फार्ममा काम गर्दै आएका मृतक थापा ७ महिना अघि कोरिया आएका थिए। कोठामा संगै सुतेका साथीले ११ बजेतिर खाना खान बोलाउँदा मृत भेटिएको जनाइएको छ। बेलुका खाना खाएर राम्रस‌ंग सुतेका थापा विहान ३ बजेतिर शौचालय गएर आएको साथीले बताएका छन्।
 
थापाको शवलाई प्रहरीले निरक्षण गरी स्थानीय एक अस्पतालमा राखिएको छ। नेपालमा परिवारलाई थापाको निधन बारे जानकारी दिइसकेका छन्। परिवारबाट नेपाल पठाइदिन सहमतिको पत्र प्राप्त हुनसाथ घर पठाउने दूताबासले जनाएको छ। दूताबासबाट सोमबार घटनास्थल निरिक्षण गर्न जाने श्रमसहचारी बास्तोलालेबताए।
 
कोरियामा सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या बढ्दो छ। गतवर्ष २०१७ मा ६ जनाको सुतेकै अवस्थामा निधन भएको थियो।
 
Published on: 19 March 2018 | Kantipur

Back to list

;