s

कोरियामा नेपाली कामदारको मृत्यु

दक्षिण कोरियाको ख्यासांग नाम्दोको यांसानस्थित एक फलाम कम्पनीमा कार्यरत नेपाली कामदारको शुक्रबार बिहान औद्योगिक दुर्घटनामा मृत्यु भएको छ । काठमाडौं गोकर्णका कृष्ण केसीको क्रेनमा च्यापिएर मृत्यु भएको जानकारी उक्त क्षेत्रका एआरडी कर्मचारी स्नेहा लामाले दिइन् ।
 
लामाका अनुसार कम्पनीमा बिहान काम सुरु गर्नेबित्तिकै उनी क्रेनमा च्यापिएका थिए । केसीको घटनास्थलमै मृत्यु भएको हो । तीन वर्षअघि ईपीएसमार्फत आएका केसी सुरुदेखि सोही कम्पनीमा थिए । करिब डेढ सय कर्मचारी रहेको उक्त कम्पनीमा १६ जना नेपाली छन् ।
 
अर्को दिशामा काम गरिरहेका कोरियन कर्मचारीले क्रेन चलाउँदा केसी अचानक चेपिन पुगेका थिए । अर्कैको गल्तीका कारण केसीको मृत्यु भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बयान दिएकाले नेपालबाट परिवारले क्षतिपूर्ति माग गर्न सक्ने जानकारी लामाले दिइन् । उनका अनुसार घटनाबारे नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ । केसीको शव नजिकैको अस्पतालमा राखिएको छ ।
 
Published on: 11 February 2018 | Kantipur

Back to list

;