s

कोरियामा नेपाली कामदारको मृत्यु क्रम रोकिएन लोक भट्टराई मंगलबार बिहान सुतेकै अवस्थामा मृत भेटिए

देवेन्द्र सम्बाहाम्फे 
 
कोरियामा नेपाली कामदारको मृत्यु हुने क्रम रोकिएको छैन । गत आइतबार मात्र दुई नेपालीले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै आज फेरी एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ ।
 
६ महिना अघि इपिएसबाट कृषि भिसामा आएका गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका लोक भट्टराई मंगलबार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन् । उनी छल्लाबुक्दो छाङसुको खुराक माउलमा रहेको टमटर हाउसमा काम गर्दै आएका थिए । त्यहाँ एक नेपाली कामदार कार्यरत छन् ।
 
ती कामदारका अनुसार सधै बिहान ६.३० बजे कफी खान उठ्ने गरेका भट्टराई आज ७ बजेसम्म पनि नउठे पछि ढोका खोल्ने प्रयास गरिएको थियो । भट्टराईले भित्रबाट लक गरेकाले प्रहरीको सहयोगमा झ्याल फोडेर हेर्दा मृत अवस्थामा देखिएका हुन् ।
 
अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ३४ वर्षीय भट्टराई यसअघि कोरियामा ३ बर्ष बसेर फर्केका थिए । उनका दुई छोरा र श्रीमती बुटवल बस्दै आएका छन् ।
 
गत आइतबारमात्र  कञ्चनपुरका मोहनसिंह बुढापाल र गुल्मीका विजय खत्रीले आइतबार आफ्नै कम्पनि परिसरमा झुण्डिएर आत्महत्या गरेका  थिए ।
 
Published on: 8 March 2016 | Kantipur 
 

Back to list

;