s

कोरियामा कामदारलाई 'ओटी' घट्ने

दक्षिण कोरियामा स्वदेशी तथा विदेशी कामदारको अतिरिक्त कार्य गर्ने समय (ओटी) घट्ने भएको छ । नयाँ नियमअनुसार हप्तामा १२ घण्टामात्रै अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल कामदारले हप्तामा २८ घण्टा अतिरिक्त काम गर्दै आएका छन्।
 
अब सातामा कामदारको बेसिक कार्यावधि ४० घण्टा र अतिरिक्त कार्यावधि १२ घण्टा गरी जम्मा ५२ घण्टा काम गर्न पाउने छन् । अहिले एक हप्ताको कार्यावधि बेसिक ४० घण्टा र अतिरिक्त २८ घण्टा गरी ६८ घण्टा रहेको छ ।
 
श्रम तथा वातावरण मन्त्रालयले मंगलबार राष्ट्रिय सभाबाट परिवर्तित नियमको विधेय पारित गरेपछि यो नयाँ नियम बनेको हो । तीन सयभन्दा बढी कामदार रहेको कम्पनीमा आगामी जुलाईदेखि यो नियम लागू हुनेछ । तीन सयभन्दा कम कामदार भएको कम्पनीमा सन् २०२१ देखि र ५० जनाभन्दा कम कामदार भएको कम्पनीमा भने २०२२ देखि यो नियम लागू हुने जनाइएको छ ।
 
कम्पनीहरुको अतिरिक्त आर्थिक भार कम गर्न यो नियम लागू गरिएको हो ।
 
Published on: 1 March 2018 | Kantipur

Back to list

;