s

कोरियामा फेरि नेपाली कामदारको मृत्यु

सोल — दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएका एक नेपालीको निधन भएको छ । उदयपुर पुरानो गाइघाट निवासी भुपाल राईको शनिबार अचानक बेहोस भएपछि अस्पताल लैजादै गर्दा निधन भएको आफन्तले बताएका छन् ।

मृतक राई कोरियाको ह्वासंग शहरस्थित एक मोटर पार्टस् बनाउने कम्पनीमा काम गर्दै आएका थिए । उनी चारवर्ष १० महिनाकाे पहिलो कार्यकाल सकेर पुन सोही कम्पनीमा कमिटमेन्ट वर्करको रुपमा आएका थिए । मृतक बेलुकाको खाना खाए लगतै बेहोस भएर ढलेकोसँगै काम गर्ने साथीले बताए । ३८ वर्षीय राईका श्रीमती, एक छाेरा र एक छोरी छन् । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।

Published on: 11 March 2019 । Kantipur

Back to list

;