s

कोरियामा एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु

मञ्जु गुरुङ

दक्षिण कोरियामा इपिएसबाट आएका नेपाली कामदार तपिन कटुवलको सेामबार निधन भएको छ । इटहरी– ५ हलगाडा निवासी २४ वर्षीय कटुवलको सुतेकै अवस्थामा  अचानक निधन भएको संगै काम गर्ने उनका साथी गणेश तामाङले बताए । 

उनी कार्यरत कोरियाकाे छुङछङ नाम्दो खोङजुको  जे फर्म  नामक फुड  कम्पनीको आवास कोठामा निधन भएको हो । उनी  कोरिया आएदेखि नै तीन वर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका थिए । बेलुका राम्रै सुतेका उनी बिहान आलर्म बजेर पनि नउठेपछि हल्लाउँदा मृत भेटिएको संगै सुतेका साथी तामाङले बताए । 

पाँच  महिनाअघि मात्र छुट्टीमा घरमा गएको बेला बिहे गरेर आएको तीन दाजुभाइ मध्ये कोरियामै रहेका कान्छा भाइ असिन कटुवलले बताए । हाल मृतकको शव प्रहरीले नजिकैको अस्पतालमा राखेको छ । घटनाबारे जानकारी आएको सोलस्थित नेपाली दूताबासका श्रम सहचारी देवराज ढकालले जानकारी दिए ।

Published on: 28 March 2017 | Kantipur

Back to list

;