s

कोरियामा २५ जनाभन्दा बढी नेपाली कामदार पक्राउ

मुना कुँवर

कोरिया सरकारले नेपाली कामदारलाई धामाधम पक्राउ गर्न थालेको छ । विभिन्न माध्यमबाट गएका नेपाली कामदार ओभरस्टे भएपछि समातिन थालेको गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले बताए ।

उनका अनुसार कोभिडको समयमा भिसा सकिएका नेपाली कामदार लुकेर काम गर्न थाले । इपिएस तथा अन्य माध्यमबाट गएका कामदार भिसा सकिएपछि अन्यत्र क्षेत्रमा पनि काम गर्न थालेपछि कोरिया सरकारले समात्न थालेको हो । संघका अध्यक्ष कुँवरका अनुसार हालसम्म २५ जनाभन्दा बढी नेपाली कामदार पक्राउ परेको सुन्नमा आएको छ । आगामी दिनमा योभन्दा बढी संख्यामा कामदार पक्राउ पर्ने उनले बताए ।

Published on: 1 July 2022 | Naya Patrika

Link

Back to list

;