s

कोरियाली भाषा परीक्षा जेठमा

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । यो खबर आजको कारोबार दैनिकमा छ।
 
नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ। नवौं कोरियाली भाषा परीक्षा जेठमा हुनेछ।
 
गत वर्षको भाषा परीक्षामा पास भई रोजगार आवेदन दिएर प्रतीक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवौं भाषा परीक्षा गर्न लागेको समाचारमा उल्लेख छ ।
 
नेपाली युवा छनोटका लागि चैतको दोस्रो साता अनलाइनमाफृत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाले जनाएको छ ।
 
Published on: 28 February 2018 | Setopati

Back to list

;