s

कोरियाले माग्न थाल्यो कामदार

 दक्षिण कोरिया जाने कामदारको सोमबारदेखि नयाँ सूची छनोट सुरु भएको छ । रोजगारदाताले इपिएस शाखामार्फत नेपाली कामदार माग्न थालेका हुन् । गत असोजमा परीक्षा दिएर बसेकाहरुले बल्ल काम गर्न जाने अवसर पाउन लागेका हुन् ।
 
 भाषा पास गरेकाहरु लामो समयदेखि जाने समयको प्रतिक्षामा छन् । वर्ष दिनभरि काम गर्न जानेलाई मुख्य तीन चरणमा पठाइने तयारी गरिएको छ ।सन् २०१६ का लागि पहिलो चरण (फस्ट लट) मा कामदार पठाउन सोमबार लेबर कन्ट्याक्ट आएको हो । सोमबार कृषि क्षेत्रमा काम गर्न जानेको सहमतिपत्र आएको छ । मंगलबारदेखि उत्पादनमूलक क्षेत्रमा लिने कामदारको सहमतिपत्र रोजगारदाताले पठाउन थाल्नेछन् । 
 
रोजगारदाताको स्वीकृतिपत्र आएको एक महिनाभित्रै पहिलो लटका कामदार कोरिया पठाइनेछ । 
 
Published on: 16 February 2016 | Annapurna Post
 

Back to list

;