s

कोरियोको जेजु टापुमा १० हजार अवैध कामदार

कोरियाको पर्यटकीय टापु जेजुमा मात्र झन्डै १० हजार विदेशी  कामदार अवैधानिक रहेको तथ्य सार्बजनिक भएको छ । त्यहाँको अध्यागमन तथा श्रम विभाग ग्वाङजुको संयुक्त बैठकमा सो तथ्यांक सार्वजनिक गरिएको हो । जेजु अध्यागमनका अधिकारिले सन् २०१७ को अन्त्यसम्म ९ हजार ८ सय ४६ जना विदेशी कामदार अवैधानिक तबरले बसिरहेको बताएका छन् । त्यसमा केही नेपाली पनि रहेको बताइएको छ ।
 
कोरियाले केही बर्ष यता पर्यटकीय टापु जेजु क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने भन्दै  १ महिनाको भ्रमण भीषा खुकुलो पारे संगै उक्त संख्यामा अवैधानिक बढेको अनुमान गरिएको छ । सरकारले सन् २००२ देखि चीन तथा दक्षिण पूर्वी एसियाली मुलुकका लागि १ महिने भ्रमण भीषामा खुकुलो पारेको थियो । हाल भ्रमण भीषामा जेजु टापु प्रवेश गरी लुकिछिपी निर्माण क्षेत्रमा काम गर्नेको संख्या सबैभन्दा बढी  रहेका बताइएको छ । अध्यागमन विभागले पर्यटन भीषामा प्रवेश गरी लुकिछिपी काम गर्नेलाई थप कडाइ गर्ने बताएको छ ।
 
Published on: 2 February 2018 | Madhyanha

Back to list

;