s

कोरियाको सीबीटी परीक्षा अप्रिल र अगष्टमा

अघिल्लो वर्ष स्थगित भएको सीवीटी भाषा परीक्षा यो वर्षको लागि आगामी अप्रिल र अगष्टमा गरी २ पटक आवेदन खुलाइने भएको छ । सीवीटी भाषा परीक्षा दुई पटक लिइने भए पनि कामदारको कोटा भने तोकिएको छैन ।
 
मानब संशाधन विभाग (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परीक्षा (सीवीटी)मा उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामूलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । एचआरडी कोरियाले दिएको जानकारी अनुसार जनवरी २०१० देखि कोरियाबाट फर्किएका कामदारहरुले सीवीटी भाषा परीक्षामा सहभागी हुन पाउने छन् । यस वर्षदेखि कार्य क्षमता, टोपिक लेभल तथा फर्किएका कामदारको समयावधि हेरेर अंक पाउने प्रणाली पनि लागू गर्ने भएको छ । कोरियाबाट तीन वर्ष काम गरी फर्केका ३९ बर्ष उमेर पूरा नभएका कामदारहरु मात्र सीवीटीमा सामेल हुने व्यवस्था छ । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेका, नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरु सीवीटीका लागि योग्य हुन्छन् ।
 
सीवीटीमा सामेल हुनका लागि कोरियाबाट फर्किंदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाइएको हुनुपर्दछ ।
 
Published on: 27 January 2018 | Madhyanha

Back to list

;