s

कोरियाको भाषा परीक्षामा ८ हजार अनुपस्थित, अर्काको नाममा परीक्षा दिने १ सय ५६ जना पक्राउ

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान लिइएको भाषा परीक्षामा ८ हजार १ सय ४१ जना अनुपस्थित भएका छन् । अर्काको नाममा परीक्षा दिन आउने १ सय ५६ जना पक्राउमा परेका छन् ।  यस वर्षको कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३५६ ले आवेदन दिइएकोमा ८४ हजार २१५ मात्रै परीक्षामा सहभागी भए । असार १३ मा नतिजा आउनेछ । परीक्षा शनिबार र आइतबार सञ्चालन भएको थियो ।

Published on: 9 June 2019 | Kantipur

Back to list

;