s

कोरियाका लागि अनलाइन आवेदन चैत ८ देखि १७ सम्म

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाका लागि नवौं भाषा परीक्षा आगामी जेठ अन्तिम साता सञ्चालन हुने भएको छ । ईपीएस कार्यालय ग्वार्कोले बिहीबार एक सूचना जारी गर्दै जेठ २६ र २७ गतेपरीक्षा हुनेमिति जानकारी गराएको हो ।
 
नवौं भाषा परीक्षामा सात हजार एक सय उत्तीर्ण गराउने तयारी छ । उत्तीर्ण परीक्षार्थी मध्येबाट उत्पादनमूलक क्षेत्रतर्फ चार हजार आठ सय र कृषि तथा पशुपालनतर्फ दुई हजार तीन सय कामदार छनोट हुनेछन् ।
 
भाषा परीक्षाका लागि एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिन पाउने छन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको ब्यक्ति योग्य हुने भन्दैकार्यालयले जेठको अन्तिम साता हुने परीक्षाका लागि इच्छुक आवेदकले चैत्र ८ देखि १७ गतेसम्म  अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।
 
परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीको लागि २४ अमेरिकी डलर शुल्क तिर्नुपर्ने छ । भाषा परीक्षा काठमाडौं र पोखरा दुई ठाउँमा मात्र सञ्चालन हुनेछ । परीक्षा स्थल जेठ १८ माजानकारी गराइनेउक्त कार्यालयले जनाएको छ । भाषा परीक्षाको नतिजा आषाढ १६ मा प्रकाशित हुनेछ ।
 
Published: 9 March 2018 | Madhyanha

Back to list

;