s

कोरियाबाट बिदामा आएका कामदारलाई विमान चार्टर गरी पठाइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाअनुसार रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत बिदामा आएका इच्छुक कामदारलाई विमान चार्टर गरी पठाउन लागेको हो । यसका लागि वैशाख १४ गते बसेको मन्त्रीस्तरीय बैठकले अनुमति दिएको हो ।

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले स्वास्थ्य परीक्षण गराई कामदारकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय भएको बताए । त्यसका लागि इच्छुक कामदारले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

Published on: 28 April 2020 | Kantipur

Link

Back to list

;